आजबाट ४० देखि ५९ वर्षका व्यक्तिलाई खोप लगाइने

प्रकाशित : मंगलबार, चैत्र ३१, २०७७ , मसलापाटी

मसलापाटी

चैत ३१, २०७७,

काठमाडौं ।  आजबाट ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ। यो उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। वैशाख ५ सम्म उक्त उमेरसमूहका व्यक्तिलाई खोप दिइने छ। यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलव्ध गराएको थियो।

प्रकाशित मिति: २०२१-०४-१३ , समय : ११:०७:३३ , ४ वर्ष अगाडि