उदयपुरमा जनप्रतिनिधी र शिक्षक सहित १३ जुहाडे पक्राउ

प्रकाशित : शनिबार, पुष ११, २०७७ , सरोज निरौला

सरोज निरौला

११ पौष २०७७, शनिबार

उदयपुरगढी।उदयपुरमा गतराति जुवा खेलेको आरोपमा वडा सदस्य र शिक्षक सहित १३ जना जुहाडे पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका – ६ स्थित एकराज दाहालको घरमा जुवा खेलीरहेको अवस्थामा  प्रहरीले १३ जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।  पक्राउ परेकाहरुबाट ५८ हजार ८ सय ५ रुपैयाँ नगद, १६ थान कौडा र १२ थान मोबाईल प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा जिल्लाको रौतामाई गाउँपालिका ७ का वडा सदस्य ४३ बर्षिय प्रकाश दाहाल,उदयपुरगढी गाउँपालिका ६ का ३० बर्षिय जिवन गिरी, उदयपुरगढी ५ बस्ने ३१ बर्षिय शिक्षक शुसिलकुमार गुरागाई,उदयपुरगढी गाउँपालिका ६ कै ३१ बर्षिय दुर्गारमण दाहाल, ३२ बर्षिय युवराज कार्की, २८ बर्षिय शिक्षक सुरजकुमार मगर, उदयपुरगढी ८ का ४२ बर्षिय पुर्व प्रहरी नायब निरिक्षक बिदुर खत्री, ४० बर्षिय शिक्षक श्याम खत्री, २७ बर्षिय सुदिप खत्री रहेका छन् ।यस्तै उदयपुरगढी गाउँपालिका ६ का ३३ बर्षिय यादव थापा, ४० बर्षिय सरद खत्री, ३० बर्षिय धर्मनाथ दाहाल र उदयपुरगढी गाउँपालिका ५ का ३२ बर्षिय मनोज थापा रहेका छन् । पक्राउ परेकाहरु सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२०-१२-२६ , समय : ०८:४७:३२ , ४ वर्ष अगाडि