उदयपुरमा छोरी बलात्कार कसुरमा बाबुलाई जन्मकैद

प्रकाशित : बुधबार, पुष ०८, २०७७ , मसलापाटी

मसलापाटी

०८ पौष २०७७, बुधबार

उदयपुर। १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ। जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र ५५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यलयले बताए।१२ वर्षीया छोरीलाई बलात्कार गरेपछि पीडककी श्रीमती र पीडित छोरीले माघ २० गते कारबाहीका लागि प्रहरीमा निवेदन दिएको अदालतले बताएको छ।

प्रकाशित मिति: २०२०-१२-२३ , समय : १६:०५:२७ , ४ वर्ष अगाडि