बेलका नगरद्वारा बिपन्न छात्रालाई निशूल्क साइकल

प्रकाशित : शनिबार, मंसिर १३, २०७७ , मसलापाटी

मसलापाटी

१३ मंसिर २०७७, शनिबार
बेलका। उदयपुरको बेलकानगरपालीकाले स्थानीय ३ वटा विद्यालयका ९० जना छात्रालाई नगरपालिकाले निशूल्क साईकल वितरण गरेको छ। टाढा घर भएका छात्राहरुलाई विद्यालय पढ्न आउन सहज होस् भनेर बिभिन्न संघसंस्थासँगको साझेदारीमा नगरपालिकाले साईकल वितरण गरेको जनाइएको छ ।‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ सुरु भएको दोस्रो दिन बिहीबार बरपिपल मावि रामपुरको प्रांगणमा आयोजित एक कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले छात्राहरुलाई साईकल वितरण गरिन् ।साईकल वितरण गर्दै सांसद थापाले छात्राहरुको शैक्षिक अधिकारमा नगरपालिकाको यस्तो सहयोग महत्वपूर्ण रहेको भन्दै यसबाट विपन्न तथा गरिव छात्राहरुको शैक्षिकस्तर उकास्न सहयोग पुग्ने बताईन्।

प्रकाशित मिति: २०२०-११-२८ , समय : ०९:५९:०७ , ४ वर्ष अगाडि