उदयपुरमा थप एक पुरुषको कोरोना संक्रमणबाट निधन
प्रकाशित : बिहिबार, कार्तिक २०, २०७७ , मसलापटी
प्रकाशित : बिहिबार, कार्तिक २०, २०७७ , मसलापटी
मसलापटी
२० कार्तिक २०७७,विहीबार
बेल्टार। चौदण्डीगढी नगरपालिका वडा नं. ६ खत्रीटोलका ३८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मंगलबार निधन भएको छ । मृगौलामा समस्या आएपछि २ महिना अगाडीदेखि विराटनरको नोवेल अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा ५ दिनअगाडी संक्रमण पुष्टि भएपछि नोेवेलले कोरोना अस्पताल कोशिमा पठाएको थियो ।कोरोना अस्पतलमा उपचारकै क्रमको ५ दिनपछि उनको निधनधभएको चौदण्डीगढी नगर स्वास्थ्य कार्यालयले जनाएको छ । उनको उतै दाहासंस्कार गरिएको बताईएको छ । अचानक हात खुट्टा सुनिएपछि कात्तिक १ गते उपचारको लागि हस्पिटल लगिएको थियो ।
प्रकाशित मिति: २०२०-११-०५ , समय : ०७:१७:४२ , ४ वर्ष अगाडि