आज दर खाने दिन
प्रकाशित : बिहिबार, भाद्र २०, २०८१ , पुर्बेली आवाज
प्रकाशित : बिहिबार, भाद्र २०, २०८१ , पुर्बेली आवाज
पुर्बेली आवाज
पूर्बेली आवाज, २० भदौ। हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला बिहीबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा छ।
भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ।
दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन्।
प्रकाशित मिति: २०२४-०९-०५ , समय : ०८:०४:५७ , ४ महिना अगाडि