चट्याङले ऐसेलुखर्कका तीनजना गम्भीर घाइते
प्रकाशित : शनिबार, भाद्र १५, २०८१ , पुर्बेली आवाज
प्रकाशित : शनिबार, भाद्र १५, २०८१ , पुर्बेली आवाज
पुर्बेली आवाज
खोटाङ । चट्याङले ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुर्खका तीनजना गम्भीर घाइते भएका छन् ।गएराति परेको चट्याङले ऐसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् ।
चट्याङले गम्भीर घाइते बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि बेहोस अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पु¥याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०८-३१ , समय : ०९:५६:५७ , ४ महिना अगाडि