राहदानी बनाउने महिलाको संख्या बढ्दै

प्रकाशित : शुक्रबार, साउन ३२, २०८१ , पुर्बेली आवाज

पुर्बेली आवाज

उदयपुर,३२ ( गाइघाट )साउन । जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०८९/८१ मा राहदानी बनाउने महिलाको संख्या झण्डै एक हजार जनाले बढी छ।

अघिल्लो वर्ष जम्मा राहदानी बनाउने लाभग्राहीको संख्या १० हजार ६४ थियो। जसमा पुरुष राहदानी बाहक ७ हजार ३ सय ५८ हुँदा महिला ख्या २ हजार ६ सय ६ जना थिए। सो वर्ष राहदानी बनाएबापत प्रशासन कार्यालयले ५ करोड ६७ लाख ५ हजार ५ सय रुपैँया आमदानी गरेको लेखापाल भोजराज तिम्सिनाले बताए।
आर्थिक वर्ष ०७९/८० मा राहदानी बनाउने महिला संख्या २ हजार ६ सय ६ जना थियो भने ०८०/८१ मा ३ हजार ५ सय ६५ जनाले राहदानी बनाएका छन्।अघिल्लो वर्षको दाँजोमा पछिल्लो वर्ष ९ सय ५९ जना बढी महिलाले राहदानी बनाएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले पछिल्लो समय महिला राहदानी बाहक बढ्दै गएको बताए। खास गरी अध्ययनका लागि विदेश जाने युवायुवतीको संख्यामा वृद्धि हुँदै गएपछि राहदानी बनाउन पुरुषसँगै महिला पनि उत्तिकै आउने गरेका छन्। वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने महिलाहरु पनि बढ्दो क्रममा रहेको सहायक सिडिओ रेग्मीले बताए।

कक्षा १२ उत्तीणर् गरे लगत्तै उच्च शिक्षा अध्ययनको नाममा विदेशिने चाहने युवायुवती राहदानी बनाउन आउने गरेको उनले बताए

प्रकाशित मिति: २०२४-०८-१६ , समय : ०९:२५:३४ , ४ महिना अगाडि