कटारी नगरपालिकाको बजेट ८६ करोड ८१ लाख ६४ हजार ८ सय ४३ रुपैंया
प्रकाशित : बुधबार, साउन ३०, २०८१ , पुर्बेली आवाज
प्रकाशित : बुधबार, साउन ३०, २०८१ , पुर्बेली आवाज
पुर्बेली आवाज
उदयपुर (कटारी),३० साउन। कटारी नगरपालिकाले चा८६ कलु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । नगर सभाले चालु वर्षका लागि ८६ करोड ८१ लाख ६४ हजार ८ सय ४३ रुपैंया रुपैंयाको वार्षिक अनुमानित आयव्यय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताए ।
चालु वर्षको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान चालुतर्फ ४० करोड ६६ लाख ५५ हजार रुपैंया अनुमान गरिएको छ भने पुँजीतर्फ १ करोड ७० लाख २२ हजार, समपूरक अनुदान १ करोड १० लाख र विशेष अनुदान १ करोड २० लाख अनुमान गरिएको छ ।
सङ्घतर्फकै वित्तीय समानीकरण १२ करोड ६६ लाख ६० हजार अनुमान गर्दा राजश्व बाँडफाँड ४० लाख अनुमान गरिएको छ ।
त्यसै गरी प्रदेशतर्फ सशर्त चालु अनुदान ७४ लाख ३८ हजार, सशर्त पुँजीगत अनुदान १ करोड ७४ लाख ५८ हजार र समपूरक अनुदान १ करोड ३० लाख अनुमान गरिएको छ ।
चालु वर्षका लागि नगर सभाले वडाहरूलाई न्यूनतम ७० देखि अधिकतम साढे ७१ लाखसम्म वडा सिलिङ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । उनका अनुसार १४ वटा वडाका लागि ९ करोड ९२ लाख विनियोजन गरिएको छ
प्रकाशित मिति: २०२४-०८-१४ , समय : ०८:३४:३४ , ४ महिना अगाडि