श्रीपुरस्थित नागपोखरीमा मेला

प्रकाशित : शुक्रबार, साउन २५, २०८१ , सरोज निरौला

सरोज निरौला

उदयपुर(देउरी),२५ साउन। उदयपुरको  त्रियुगा नगरपालिका ५ श्रीपुरस्थित नागकुण्ड नाग पोखरीमा आज नागपञ्चमीका दिन मेला लाग्ने भएको  छ ।प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न  वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ ।

नाग पोखरी निर्माण गरेदेखि नै त्यहाँ वर्षेनी नाग पञ्चमीका दिन मेला आयोजना गरिदै आइएको छ।मेलालाई भव्यरुपमा सम्पन्न गर्न आयोजक वन समूहले उपभोक्तासँगको सहकार्यमा स्थानीय उत्पादनका वस्तुहरुको प्रदर्शनी गर्नुका साथै मौलिक खानेकुराको स्टलसमेत राख्ने तयारी गरेको छ ।

वन समूहका अध्यक्ष दीपक बान्तवाका अनुसार सो ठाउँलाई त्रियुगा नगरपालिकाकै आकर्षक पर्यटकीयस्थलको रुपमा विकास गर्दै अघि बढाउने योजना पनि वन समूहले गरेको छ ।

 

प्रकाशित मिति: २०२४-०८-०९ , समय : ०९:३३:५१ , ४ महिना अगाडि