अमेरिका पुगेका वडाध्यक्ष विरुद्ध नागरिक
प्रकाशित : बिहिबार, साउन २४, २०८१ , पुर्बेली आवाज
प्रकाशित : बिहिबार, साउन २४, २०८१ , पुर्बेली आवाज
पुर्बेली आवाज
खोटाङ,२४ साउन। खोटाङको साकेला गाउँपालिका ४ स्थित मात्तिमका स्थानीयहरुले लामो समयदेखि वडाअध्यक्ष नहुँदा नागरिकले दुःख पाएको भन्दै उक्त गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईलाई ज्ञापनपत्र बुझाएका छन् ।उक्त वडाका वडा अध्यक्ष अर्जुन कुमार कटवाल सँयुक्त राज्य अमेरिका गएकाछन।
वडा अध्यक्ष नियमित रुपमा वडामा नबस्दा नागरिकले दुःख पाएको, विकासका कार्यहरु रोकिएको र महत्वपूर्ण कार्यहरु प्रभावित बनेको भन्दै स्थानीयवासीहरुले तत्काल समस्याको समाधानका लागि गाउँपालिका सहित विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका हुन् ।हाल वडा सदस्यले कार्यवाहक भई वडा सञ्चालन गर्दै आएका छन् ।
स्थानीय वुद्धिजीवि तथा समाजसेवी नागरिकहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु र स्थानीयको तर्फबाट वडाध्यक्षको वैकल्पिक व्यवस्था गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्रमा भनिएको छ–निज अर्जुन कुमार कटवालले गैर जिम्मेवार ढंगबाट आफूलाई मतदान गर्ने नागरिकप्रति अन्याय गरिरहेको र नेपालको संविधान विपरित गैर जिम्मेवार बनि अध्यक्ष कटवाल अमेरिका हुनुहुन्छ भनिन्छ । वडाध्यक्षको विषयमा सम्बन्धित निकायले आगामी १५ दिनभित्र समस्या समाधान नगराए साकेला ४ का सम्पूर्ण जनता समस्या समाधानको लागि कडा कदम चाल्न वाध्य हुने चेतावनी दिईएको छ ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले उक्त वडाका वडाध्यक्षको विषयमा धेरै जनगुनासो आएपछि तत्कालका लागि कार्यपालिका वैठकले निर्णय गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको र दिगो समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिवद्वता जनाएका छन् ।
प्रकाशित मिति: २०२४-०८-०८ , समय : ११:०८:०७ , ५ महिना अगाडि