त्रियुगा नगरपालिकाको ३० स्थानमा वर्ल्डलिंकको फ्रि वाइफाइ जडान हुने
प्रकाशित : बिहिबार, जेठ २५, २०८० , राज कुमार श्रेष्ठ
प्रकाशित : बिहिबार, जेठ २५, २०८० , राज कुमार श्रेष्ठ
राज कुमार श्रेष्ठ
जेठ,२५ उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकाको ३० स्थानमा वर्ल्डलिंकको फ्रि वाइफाइ सन्चालनमा आउने भएको छ।
जेठ २५ गते त्रियुगा नगरपालिका र कम्युनिकेशन्स बिच ५ दिन भित्र नगरपालिका ३० स्थानमा फ्रि वाइफाइ जडानगर्ने सम्झौता पत्रमा नगरपालिकाका आइ टी अफिसर रुपक तिम्लसिना र वर्ल्डलिंकको तर्फबाट आषिस पोखरेलले हस्ताक्षर गरेका हुन।
नगरपालिका आइ टी अफिसर रुपक तिमिल्सिनाका अनुसार नगरपालिका र वर्ल्डलिंक कम्युनिकेशनको सहकार्यमा फ्रि वाईफाई सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।
त्रियुगा नगरपालिका भित्रका बरुवा बसपार्क,नया तरकारी बजार,पुरानो तरकारी बजार,पिपल चोक,राधाकृष्ण मन्दिर,त्रियुगा बसपार्क,त्रियुगा नगरपालिका बाहिर,त्रियुगा नगरपालिका भित्र परिसर,टेम्पो चोक,त्रियुगा अस्पताल परिसर,पिकनिक स्पोट परिसर,इनार चोक,एस.के पेट्रोल पम्प छेउ, बि.पी चोक, साकेला टोल, शनि मन्दिर चोक,पी.जी.चोक,मतिगडा चोक,जलजले चोक, करमकाछी,बोक्से चोक ,आर्दश टोल,एनसेल डाडा,देउरी चोक,चुहाडे चोक,राजाबास चोक,बगाहा चोक,असारी चोक र पिसजोन स्कुल जाने बाटोमा बाइफाइ सन्चालनमा ल्याइने नगरपालिको भनाइ छ।
यि स्थानहरुमा प्रगि डिभाइस २ एम.वि.पि.एस दरले इनटरनेट सेवा जडान गरिने भएको छ।
साथै यि स्थानहरुमा वर्ल्डलिंकको ग्राहाकले आफ्रनो युजरको आइ.डी र पासवर्ड प्रयोग गरेर वाइफाइ चलाउन सक्नेछन भने, वर्डलिङ् प्रयोग नर्गनुहुने ग्राहाकले ओ.टी.पी कोड अनुरोध गरी ५००एम बि को फ्री वाइफाइ चलाउन पाउने वर्ल्डलिंकले जनाएको छ।
साथै यि स्थानहरुमा वर्ल्डलिंकको ग्राहाकले आफ्रनो युजरको आइ.डी र पासवर्ड प्रयोग गरेर अनलिमिटेड वाइफाइ चलाउन सक्नेछन.
प्रकाशित मिति: २०२३-०६-०८ , समय : १७:३५:५७ , २ वर्ष अगाडि