त्रियुगाको फोहोर ब्याबस्थापनमा मेयर बस्नेतको चासो

प्रकाशित : आइतबार, आषाढ १२, २०७९ , सरोज निरौला

सरोज निरौला

उदयपुर १२ असार। त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले नगरको फोहोर ब्याबस्थानमा चासो देखाएका छन। धरान उपमाहानगरपालिकाको पानामारा फोहोर प्रशोधन केन्द्रको शनिबार अबलोकन गरेपछी पछी मेयर बस्नेतले त्रियुगाको फोहोर ब्याबस्थानलाइ पहिलो प्रथामिकतामा राखेका छन।

त्रियुगा नगरपलिकाको फोहोर ब्याबस्थान गर्न चुनौती देखिएको अबस्थामा धरानको पानामारामा रहेको प्रशोधन केन्द्रको अबलोकनले त्रियुगा नगरमा समेत यस्तो योजना अगाडी बढाउन सकिने मेयर बस्नेतले बताए। त्रियुगा नगरपालिका वडा न.११ का वडाअध्यक्ष सुमन्त कोइराला वडा न.५का वडा अध्यक्ष उद्धब कुमार थापा र केही युवा विद्यार्थी नेता सहित मेयर बस्नेत केन्द्रको अबलोकनमा पुगेका हुन।

आफ्नो निति तथा कार्यक्रममा समेत फोेहोर ब्याबस्थापनलाइ प्राथामिकतमा राखेका बस्नेतले त्रियुगाा नगरलाइ नमुना र एक उत्कृष्ट शहरको रुपमा बिकास गर्ने बताए।

प्रकाशित मिति: २०२२-०६-२६ , समय : ०९:१२:०१ , ३ वर्ष अगाडि