५ बर्षे कार्यकालको समिक्षा रौतामाईमा ३ सय १४ किमी सडक बिस्तार
प्रकाशित : बुधबार, चैत्र १६, २०७८ , मसलापाटी
प्रकाशित : बुधबार, चैत्र १६, २०७८ , मसलापाटी
मसलापाटी
१६ चैत्र,उदयपुर। उदयपुरको रौतामाई गाउँपालिकाले पाँच बर्षको अवधिमा सबैभन्दा बढि सडक सञ्जालमा प्रगति हासिल गरेको छ ।
भौगोलिक विकटताका वावजुद पालिकाले आफ्नै वजेटबाट ३ सय १४ किलोमिटर सडक विस्तार गरेको हो । यसकाअलावा केन्द्र र प्रदेशको वजेटबाट थुप्रै सडक र अन्य कामहरु भएको बताइएको छ ।
निर्माण भएका सडकमध्ये सबैभन्दा बढि वडानं ७ मा ५६ किलोमिटर रहेको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । यो वडामा पालिकाको वजेटबाट निर्माण भएका ५ वटा सडकमध्ये सबैभन्दा लामो मुर्कुची–पुवाँरे–डुम्रिथुम्का–रानीबास–फुलवारी १४ किमि रहेकोछ ।
उक्त वडामा २७ किलोमिटरका दुई वटा सडकको स्तरोन्नती गरिएको अध्यक्ष खड्काले बताए । यो वडा जनसंख्या र भुगोलका हिसावले सबैभन्दा ठुलो रहेको छ । जिल्लाकै मुख्य बजार मुर्कुची यसै वडा भित्र रहेको र सदरमुकामको नगरपालिकालेसमेत छोएको वडा भएकाले अन्य वडाको तुलनामा बढि विकास भएको पाईन्छ ।
८ वटा वडा रहेको रौतामाईमा तुलानात्मकरुपमा सडक संजालमा सबैभन्दा कम वडानं ६ मा साँढे १८ किमी सडक निर्माण भएको छ । त्यसैगरी वडानं १ मा ३३ किलोमिटर, वडानं २ मा साँढे ५० किमी, वडानं ३ मा ४०, वडानं ४ मा ६२, वडानं ५ मा २९ र वडानं ८ मा साँढे २५ किलोमिटर निर्माण भएको अध्यक्ष खड्काले बताए ।
निर्माण भएका सडक दुईदेखि १६ किमीसम्म लम्बाई रहेका छन् । लम्बाईका हिसावले सबैभन्दा लामो १६ किलोमिटर वडानं ४ स्थित ढुंङ्गेपोखरी–भदौरे सडक रहेको छ । त्यसैगरी वडानं २ मा भुट्टार–लाफागाउँ १५ किमी, वडानं ५ को निकास–डाँडागाउँ–पोखरी १५ किमी रहेको छ ।
त्यस्तै वडानं १ को डहर–उदौडाँडा–नामेटार–झाक्रे–नौले १० किमी, वडानं ८ को पुवाँरे भन्ज्याङ्ग–रातमाटे–हात्तिटार–गोगुने–निगाले साँढे ९ किमी, वडानं ३ रातमाटे–चनौटे, चौतारा–चितम्पा ८÷८ किमी र वडानं ६ मा निगाले–रुवाला ५ किमी सडक रहेको अध्यक्ष खड्काले बताए ।
उनले भने, ‘हामी निर्वाचित भएर आउँदा सदरमुकामसँग जोडिएको एउटा सडक मुस्किलले आउजाउँ हुन्थ्यो, वडा कार्यालय र पालिकासँग जोडिएका कुनै सडकै थिएन्, जुन हामीले पुरा गरेका छौ । ‘पालिकामा आएको वजेटबाट सडकलाई कालोपत्रे गर्न नपुगेपनि सबै वडा र पालिका जोडिने ट्रयाक खोली स्तरोन्नती गरेका छौ,अध्यक्ष खड्काले भने, ‘संघ र प्रदेशका वजेटबाट थुप्रै सडक बनेपनि पालिकाको वजेटबाट सडक निर्माण सायदै हामी जिल्लाकै पहिलो हौ ।
‘सबै वडा जोडिनु पर्ने हाम्रो वाध्यता भएकाले विकास निर्माणको पहिलो प्राथामिकता सडकमै गयो, उनले भने, ‘त्यसपछि पालिकाको प्रशासनिक र सवै वडा तथा प्रहरी कार्यालय भवनका पुर्वाधार, विजुली, शिक्षा, सबै वडाका स्वास्थ्य भवन, पर्यटन, औधोगिकग्राम, मुख्यमन्त्री आपतकालिक सेवा, १५ सैयाको अस्पताल भनव, युवारोजगार, एकिकृत वस्ति विस्तार, गाउँपालिकामा बैंक स्थापनामा लगानी गरेका हौ ।
थपे, ‘एम्बुलेन्स सेवा, ३१ वटा खानेपानी आयोजना सञ्चालन, कृषि, पशु अनुदान तथा उत्पादन, पकेट क्षेत्र बिस्तार, पर्यटकिय क्षेत्रको पहिचान र लगानी, सिचाई कुलो, नमुना स्कुल तथा क्याम्पस स्थापना, नदी नियन्त्रण लगायतका क्षेत्रमा उल्लेखिय काम भएको छ ।
अध्यक्ष खड्काले भने, ‘व्यवस्था परिवर्तन पछिको पहिलो जनप्रतिनिधिकोरुपमा उपस्थिति हुँदै गर्दा थुप्रै ऐन, कानुनको अभाव थिए, ति बनाउँदै जाँदा काममा केहि बाधा पुगेपनि विकास निर्माणमा अरु भन्दा अव्वल छौ ।
उपाध्यक्ष कुमारी ठकुरीले महिला, जेष्ठ नागरिक लक्षित कार्यक्रमबाट उनीहरुका समस्या पहिचान र निराकरण, सुत्केरीलाई पोसिलो खानेकुरा, न्यानो कपडा वितरण जस्ता कामहरु भएको बताईन । उनले कर्मचारी अभाव, भौगोलिक विकटताकाकारण काममा केहि असजिलो भएपनि उपलब्धिका हिसावले सन्तुष्ट रहेको बताईन् ।
प्रकाशित मिति: २०२२-०३-३० , समय : १३:३४:२८ , ३ वर्ष अगाडि