उखु लोड गरेको ट्रयाक्टरमा नाईट बस ठाेक्किँदा २५ जना घाइते (सूचीसहित)

प्रकाशित : शुक्रबार, माघ १४, २०७८ , पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

सर्लाही । सर्लाहीमा उँखु लोड गरेको ट्रयाक्टरमा नाईट बसले पछाडी बाट ठक्कर दिदाँ २५ जना घाइते भएका छन् । बिहान ४ः१५ बजेको समयमा हरिवन नगरपालिका वडा नं. ९ सुखेपोखरी स्थित पूर्व पश्चिम लोकमार्गमा ज २ त ७८१ नम्बरको विग्रेर बाटोको साईडमा रोकिराखेको उखु लोड गरेको ट्रयाक्टरमा भैरहवाबाट विराटनगर तर्फ आउँदै गरेको लु २ ख ४७५७ नम्बरको नाईट बस ट्रयाक्टरमा ठाेक्किएकाे थियाे ।

बसमा सवार ३९ जना मध्ये २५ जना घाईते भएकोमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइते हुनेहरुमा चितवन खैरहनी न.पा.७ बस्ने वर्ष ३६ पसुराम फुयाल ,रुपन्देही बुटवल न.पा.८ बस्ने वर्ष ५२ को टोप बहादुर गुरुङ, .श्रीकटन गा.पा.१२ बस्ने वर्ष २५ की कृतिका चौधरी रहेका छन् । चाैधरीकाे अवस्था गम्भिर रहेकाे छ भने बयोधा अस्पताल विरगजं रिफर गरिएकाे छ । बुटवल उ.म.न.पा.१२ बस्ने वर्ष २४ को शिव भुसाल,उनकी श्रीमती वर्ष २१ की सविता भुसाल ,कन्चन गा.पा.१ बस्ने वर्ष २६ दिपेन्द्र मलाह रहेका छन् ।

त्यस्तै बुटवल न.पा.१० बस्ने वर्ष ४३ को भुपराज चापागाई , सोहि नपा वडा नं. १३ बस्ने वर्ष ३१ की निशा पौडेल रहेका छन्।
यसैगरी मोरङ सोनबर्षा न.पा.५ बस्ने वर्ष ४५ को विरेन्द्र मण्डल ,वर्ष ३७ को शंकर सरदार ,विराटनगर म.न.पा.६ बस्ने वर्ष ४७ को जय प्रकाश साह, सप्तरी खट्क न.पा.८ बस्ने वर्ष ४२ को तुलसी प्रसाद चौधरी रहेका छन् । उनकै निजकै श्रीमती वर्ष ३८ की ललिता कुमारी चौधरी,.रामनगर कोदारकट्टी बलानदेवल न.पा. ५बस्ने वर्ष २० सत्यनारायण यादव, सुनसरी ईनर्वा न.पा.६ बस्ने वर्ष ४६ को हरि प्रसाद पोखरेल, स्याङजा काली गण्डकी गा.पा.५ बस्ने वर्ष २६ को त्रिभुवन न्यौपाने , धनुषा जनकपुर न.पा.१२ बस्ने वर्ष २९ को चन्द्रकान्त यादव, रौतहट गरुडा न.पा.१ बस्ने वर्ष ३० को सुभास गुप्ता रहेका छन् ।

यसैगरी सर्लाहीका स्वाभिमान अस्पताल हरिवनमा उपचार भईरहेको घाईतेहरुः सिरहा सखुवा गा.पा.१ बस्ने वर्ष ६१ को किसुनदेव यादव ,राजकुमार यादव, वर्ष ३७ की शितल कुमारी यादव, रुपन्देही रोहनी गा.पा.१ बस्ने वर्ष ३० को ईम्तियाज खान रहेका छन् ।

रुपन्देही बुटवल उ.म.न.पा.७ बस्ने वर्ष २२ को बिशाल परियार, वर्ष २१ की सुमिफा परियार,बर्ष अं.२८ की झर्ना परियार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधब प्रसाद बुढाथोकीले जानकारी दिए ।राजधानीडैली डट कम बाट

प्रकाशित मिति: २०२२-०१-२८ , समय : १२:०२:१५ , ३ वर्ष अगाडि