प्रदेश समिति चयन गर्न आज काङग्रेसको चुनाव,कस्तो छ समीकरण ?

प्रकाशित : शनिबार, मंसिर १८, २०७८ , मसलापाटी

मसलापाटी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज प्रदेश समिति चयनका लागि चुनाव हुँदैछ । प्रदेश सभापतिसहित पदाधिकारी र सदस्यका लागि अधिकांश प्रदेशमा नेतृत्वका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच गठबन्धन भएको छ ।

 

सिटौलानिकट उद्धव थापाले प्रदेश १ को सभापतिमा दिएको उम्मेदवारीलाई देउवा पक्षले समर्थन जनाएको छ । सो प्रदेशको सभापतिमा संस्थापनइतर पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे उम्मेदवार बनेका छन।प्रदेश २ मा प्रदेश अधिवेशन हुन सकेको छैन ।

 

वागमती प्रदेशमा भने त्रिपक्षीय प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट मकवानपुरका जिल्ला सभापति ईन्द्र बानियाँ प्रदेश सभापतिको आकांक्षी बनेका छन।। संस्थापनइतर पक्षले जगदीश्वरनरसिंह केसीलाई सभातिको उम्मेदवार बनाएको छ । सिटौला पक्षबाट पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान प्रदेश सभापतिको प्रत्याशी रहेका छन।

 

गण्डकी प्रदेशमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य अर्जुन जोशी प्रदेश सभापति पदको प्रत्याशी रहेका छन। संस्थापन इतर पक्षबाट शुक्रराज शर्माले सभापतिमा उम्मेदवारी दिएका छ।

 

लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरत शाह सभापतिको प्रत्यासी रहेका छन। त्यस्तै संस्थापनइतर पक्षबाट अमरसिंह पुनले सभापतिमा उम्मेदवारी दिएका छन।

 

कर्णाली प्रदेशमा संस्थापन पक्षबाट ललितसिंह शाही र संस्थापन इतर पक्षबाट भूपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार दिएका छन।यता सुदुरपश्चिममा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर संस्थापन पक्षबाट प्रदेश सभापतिको उम्मेदवार बनेका छन भने संस्थापनइतर पक्षले नारायणदत्त मिश्रलाई सभापतिको उम्मेदवार बनाएको छ ।

 

प्रकाशित मिति: २०२१-१२-०४ , समय : ०९:०४:३१ , ३ वर्ष अगाडि