उदयपुरको गाईघाटमा मोटरसाईकल दुर्घटना हुँदा घाइते पुरोहित भण्डारीको मृत्यु
प्रकाशित : आइतबार, कार्तिक २१, २०७८ , मसलापाटी
प्रकाशित : आइतबार, कार्तिक २१, २०७८ , मसलापाटी
मसलापाटी
२१ कार्तिक,उदयपुर । सवारी दुर्घटनामा परी उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम गाईघाट बजारस्थित मेनचोकमा अटो र मोटरसाईकल आपसमा ठोकिदा ८५ वर्षीय पुरोहित कुलप्रसाद भण्डारी ग म्भी र घाइते भएका थिए ।उनको बिराटनगरमा उपचार हुँदै गर्दा राती १० बजे मृत्यु भएको हो । त्रियुगा नगरपालिका वडा नम्बर ११ शान्तिनगर टोल घर भएका बृद्ध शनिबार साँझ ६ः०० बजे दुर्घटनामा परेका थिए । को १९ प ९६४६ नम्बरको मोटरसाईकलमा पछाडी सवार रहेका भण्डारी उछीटिएर अगाडि पछारिएका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार सप्तरीको कन्चनपुर नगरपालिका वडा नम्बर १२ का ५२ वर्षीय कमल पोखरेलले चलाएको मोटरसाईकल पछाडी बृद्ध भण्डारी सवार रहेका थिए ।त्रियुगा नगरपालिकाको गैरुनबाट चौदण्डीगढी नगरपालिका बेल्टारतर्फ जाँदै गरेको स. १ ह. १६२० नम्बरको अटो पल्टीएको थियो । तर, अटोचित्र सवार रहेका दुई जना यात्रु भने सकुशल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज लिला श्रेष्ठले जानकारी दिए ।
गैरुनबाट आउदै गर्दा मेनचोकमा पुगेको अटो र मोटरसाईकल गाईघाटको पिपलचोकबाट बिपीचोकतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । पुख्र्यौली घर खोटाङ भएका भण्डारीको उमेर ८ वर्षकै हुँदा बाबुको निधनपछि पुरोहितको काम गर्दै आएका थिए । सोही दिन पनि उनी पुराणमा पूजापाठ गरेर फर्कदै गर्दा दुर्घटनामा परेका हुन् ।यता दुर्घटनामा परेको मोटरसाईकल चालक र अटोचालकको भने जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । चौदण्डीगढी नगपालिका वडा नम्बर ७ का ४२ वर्षीय नरबहादुर कार्कीले चलाएको अटोमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते भएका बृद्धको नाक र मुखबाट र ग त ब ग्नु का साथै बा न्ता समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।भण्डारीको श व अहिले पोस्टमार्टम गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । पोस्टमार्टमपछि गाईघाटस्थित घरमा ल्याएर अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
केही दिनयता उदयपुर सदरमुकाम गाईघाट आसपासमा चाँडपर्वको समय दुर्घटना बढेको छ । अघिल्लो दिन मात्र सब्जी किनेर फर्कदै गरेका पैदल यात्रुलाई मोटरसाईकलले ठक्कर दिदा दुईजना घाइते भएका थिए ।डबाडको समय बजार क्षेत्रमा आउजाउ गर्ने सर्वसाधरणको संख्या र सवारी साधनको भिड बढेकाले दुर्घटना बढेको प्रहरीले जनाएको छ । पैदल यात्रु तथा सवारीसधानलाई सडकमा व्यवस्थापनका लागि पूरा जनशक्ति परिचालन गरिएको इन्चार्ज श्रेष्ठको भनाई छ ।
प्रकाशित मिति: २०२१-११-०७ , समय : ०९:०७:४७ , ३ वर्ष अगाडि