टीकटक बनाउनका लागि भन्दै युवकको सिक्री मागेर ‘पचाउन’ खोज्ने दुई युवती पक्राउ
प्रकाशित : बुधबार, आश्विन २०, २०७८ , मसलापाटी
प्रकाशित : बुधबार, आश्विन २०, २०७८ , मसलापाटी
मसलापाटी
काठमाडौँ । टीकटक भिडियो बनाउनका लागि भन्दै एक पुरुषसँग मागेर लिएको सिक्री ‘पचाउन’ उल्टै पीडितलाई फसाउन खोजेको आरोपमा दुई युवती प क्रा उ परेका छन् । फोनबाट भेट्न बोलाएर दुई लाख ५० हजार बराबर मूल्य पर्ने सुनको सिक्री गठी गरेको उ जु री पछि उनीहरु समातिएका हुन् ।
महानगरीय प्रहरी अ प रा ध महाशाखाका अनुसार घटनामा संलग्न रहेको जाहेरीपछि काभ्रेपलान्चोक घर भइ हाल काठमाडौँको जडिबुटी र बानेश्वर बस्ने १९ वर्षीया उर्मिला भनिने युनिसा मगर र रोशनी भनिने २६ वर्षकी सुनिता तामाङ नि य न्त्र ण मा परेका हुन् । उनीहरुले दोलखा मेलुङ वडा नम्बर ४ घर भइ हाल काठमाडौँ बौद्ध बस्दै आएका एक पुरुषलाई फोनमार्फत एयरपोर्ट (काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल) बोलाएर ट्याक्सीमा राखी ललितपुर चापागाउँस्थित खाजा कटेजमा पु¥याएपछि टीकटक भिडियो बनाउनका लागि भन्दै घाँटीको सिक्री लिएका थिए ।
‘एकछिन्’का लागि मात्र भन्दै मागेर लगेको सिक्री साथमा लिएर साथीको जन्मदिन मनाउन चपागाउँकै मोक्तान होटलमा लगेर यूनिसाले सुनिता र ती पुरुष (सिक्री दिने)लाई होटलको कोठाभित्र थुनेका थिए । आफ्नो साथी र सिक्रीवाल पुरुषलाई बाहीरबाट चुकुल लगाएपछि अर्की युवतीले ब्ल्या क मे लि ङ गरेको अ नु स न्धा न मा खुलेको महाशाखाले जानकारी दिएको छ ।
ब्ल्या क मे लि ङ गर्ने कार्यमा संलग्न उनीहरूलाई महाशाखाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँको गोंगबुबाट प क्रा उ गरेको थियो । ठगीसम्बन्धी कसुर मु द्दा मा अनुसन्धान र का र वा ही का लागि महानगरीय प्रहरी परिसर जवालाखेल पठाइएको छ ।
प्रकाशित मिति: २०२१-१०-०६ , समय : १५:१७:३७ , ३ वर्ष अगाडि