मासु नखाँदा शरिरलाई हुन्छन यी १० फाइदा
प्रकाशित : सोमबार, आश्विन १८, २०७८ , मसलापाटी
प्रकाशित : सोमबार, आश्विन १८, २०७८ , मसलापाटी
मसलापाटी
एजेन्सी । मिठो खानेकुराको प्रसंग आउनसाथ हामी मासु सम्झन्छौ । मासुको परिकार हामीलाई स्वादिलो लाग्छ । तर, स्वस्थ्यकर नि ? मासु स्वस्थ्यकर भने मानिदैन । मासु खानु र नखानुले शरीरमा खास प्रभाव पार्छ ।
मासु खानेभन्दा मासु नखानेको स्वास्थ्य राम्रो हुने प्रमाणित भइसकेको छ । केही वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएका छन्, सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ । यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् । जबकि शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ ।
अध्ययनबाट यो पनि पमाणित भएको छ कि जो मानिसहरु शाकाहारी भोजन गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ । यस आलेखमा हामी मासु नखाँदा शरीरलाई पार्ने १० असरको विषयमा चर्चा गर्दैर्छौं ।
१. तौल नियन्त्रण हुन्छ – मासु छोड्ने मानिसहरुको वजन लगभग १० पाउन्डसम्म कम हुन सक्छ । उनीहरुलाई आफ्नो क्यालोरी बढेको चिन्ता हुँदैन र उनीहरुले धेरै वर्क आउट पनि गर्नु पर्दैन । शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
२. पेटमा प्रोटेक्टिभ ब्याक्टेरिया बढ्छ – एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो ।
३. छाला स्वस्थ र सफा हुन्छ – शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढि डण्डीफोर, कोठी देखिँदैन । यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको त्वचा पनि सफा र स्वस्थ हुन्छ ।
४. शरीरमा फुर्ति बढ्छ – मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन् । शाकाहारी भोजनले केवल वजन बढ्ने र शरीरका विषाक्त पदार्थलाई मात्र नियन्त्रण गर्दैन, आफूलाई हल्का महसुस गर्न सकिन्छ ।
५. मुटु रोगको खतरा कम हुन्छ – रेड मिट खाँदा मुटु रोगका खतरा अधिक हुन्छ । रेड मिटमा मौजूद कार्निटिनको केमिकल रियाक्सनका कारण हाम्रो मुटुमा यसको नकारात्मक प्रभाव पर्छ ।
६. कोलस्ट्रोल एक तिहाई कम हुन्छ – यदि तपाईंले मासु खान छोडिदिनुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ । यसको तुलना कोलस्ट्रोल क मगर्ने औषधिसँग पनि गर्न सकिन्छ ।
७. जीनले राम्ररी काम गर्छ – मासु खान छोडेर तरकारी मात्र खाने गरियो भने हाम्रो जीन निकै राम्रो हुन्छ । यसले शरीरको कामलाई सामान्य गर्न मद्दत गर्छ ।
प्रकाशित मिति: २०२१-१०-०४ , समय : १६:१९:०५ , ३ वर्ष अगाडि