उदयपुरको कटारी तनाबग्रस्त : स्थानीय पक्राउ परेपछि आज बजार बन्द घोषणा
प्रकाशित : शनिबार, साउन १६, २०७८ , मसलापाटी
प्रकाशित : शनिबार, साउन १६, २०७८ , मसलापाटी
मसलापाटी
१६ साउन,उदयपुर । उदयपुरको कटारी हुँदै सञ्चालनमा आउने विवादित सोलु करिडोर १३२ केभिएको टावर गाड्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । कटारी नगरपालिका वडा नम्बर ४ मरुवा प्रहरीसँगको झडपमा परी केही स्थानीय घाइते भएका छन् ।त्यस्तै घटनास्थलबाट प्रहरीले करिब आधादर्जनलाई पक्राउ गरेको छ । टावर गाड्ने कार्यमा अबरोध गरेकाले उनीहरुलाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।बिबादकै बीच केही दिनअघि मरुवा माविमा सुरक्षाकर्मी नै राखेर टावर गाड्ने प्रयास भइरहेको छ । जुन कार्यको स्थानीयले बिरोध गर्दै आएका छन् । अघिल्लो दिन पनि टावर अत्यत्र सार्नुपर्ने मागसहित काम भइरहेको क्षेत्र पुगेका सर्वसाधरण र प्रहरीबीच आम्नेसाम्ने भएको हो ।सोलु करिडोर विवाद समाधान पहल समितिका संयोजक तथा नेकपा माओबादी केन्द्रका नेता केपी बरालका अनुसार गृह तथा उर्जा मन्त्रालयमा पछिल्लो पटकसमेत डेलिगेसन जाँदा बिवाद समाधान गर्ने आस्वासन आएको थियो । तर, स्थानीय प्रशासनले भने गाउँलेको मागबिपरित दलबलको सहायतामा काम अगाडि बढाउन थालेकाले सामान्य प्रतिरोध गरेको नेता बरालको भनाई छ ।त्यस्तै स्वतन्त्र संघर्षमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको बिरोधमा आज (शनिबार) कटारी बजार बन्द घोषणा गरिएको छ । बजार बन्दसँगै खम्बा गाड्ने ठाउँमै सबै स्थानीय गएर असहमति जनाउने पनि बरालले जानकारी दिएका छन् ।स्थानीय प्रशासनको मुडपेलाई पनि शुक्रबार कटारीस्थित बिभिन्न राजनीतिक दल सम्मीलित सर्वदलिय वैठक बसेको थियो । बैठकले बजार बन्ददेखि घटनास्थलमै पुगेर विरोध जनाउनेसम्मको कार्यक्रम तय गरेको हो ।
खासगरी करिडोरले ओगट्ने जग्गाको मुअब्जा बिवाद समाधान नभई प्रहरीले सर्वसाधरणले आफ्नो बारीमा रोपेको हरियो धान खेत फाँड्दै जवरजस्ती टावर गाड्न थालेसँगै स्थानीयले थप सशक्त योजनाबद्ध आन्दोलनमा उत्रिने निणर्य गरेका हुन् ।
प्रकाशित मिति: २०२१-०७-३१ , समय : १५:३४:५० , ३ वर्ष अगाडि