उदयपुर कृषि ज्ञान केन्द्रले बाँड्यो किसानलाई हाते ट्रयाक्टर
प्रकाशित : मंगलबार, आषाढ १५, २०७८ , सरोज निरौला
प्रकाशित : मंगलबार, आषाढ १५, २०७८ , सरोज निरौला
सरोज निरौला
१५ आषाढ ,
उदयपुर। उदयपुरका ८ वटै स्थानीय तहका कृषि समूह तथा किसानलाई मिनीटिलर वितरण गरिएको हो ।कृषि ज्ञान केन्द्र उदयपुरले कृषिलाई यान्त्रिकीकरणसँगै आधुनिकीकरण गर्दै प्रविधिमैत्री बनाउने उद्देश्यले किसानलाई मिनीटिलर वितरण गरेको छ । १३ वटा कृषि समूह र ३७ किसानलाई आवश्यकताको आधारमा कृषि औजार उपलब्ध गराएको हो । किसानलाई ७५ प्रतिशत अनुदानमा ४१ वटा मिनीटिलर, धान काट्ने मेसिन ब्रस कटर ३ वटा र रिपर ६ वटा गरी ५० वटा कृषि औजार वितरण गरिएको छ ।
मिनीटिलर हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले कृषिमा प्रविधि हस्तान्तरणले किसानको जीवनस्तर उकास्न भूमिका खेल्नुका साथै लागत घटाउन योगदान पुर्याउने बताए । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्न सके उत्पादनमा वृद्धि गर्न कृषिमा यान्त्रिकीकरण अभियान थालेको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख महेन्द्रबहादुर चौधरीले जानकारी दिए ।कार्यालयले किसानको मागअनुरूप २४ हजार ६ सय २५ पर्ने ब्रस कटरदेखि पावरको आधारमा ६८ हजार ९ सय ५० देखि १ लाख ८७ हजार १ सय ५० रुपैयाँ पर्ने मिनीटिलर उपलब्ध गराएको छ ।
प्रकाशित मिति: २०२१-०६-२९ , समय : १२:०७:१० , ४ वर्ष अगाडि