कोरोना कहर: इनरुवामा विद्यार्थी संक्रमित हुन थालेपछि विद्यालयहरु अनिश्चितकालको लागि बन्द गर्ने निर्णय
प्रकाशित : आइतबार, बैशाख ०५, २०७८ , मसलापाटी
प्रकाशित : आइतबार, बैशाख ०५, २०७८ , मसलापाटी
मसलापाटी
०५ बैशाख
इनरुवा। विद्यार्थीहरुमा कोरोना संक्रमण हुन थालेको र संक्रमण समुदायस्तरमा पनि पैmलिएपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ । इनरुवा नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । केही दिनअघि जिल्ला समन्वय समितिको बैठकले विद्यालयहरु बन्द गर्ने वा खोल्ने अधिकार स्थानीय तहहरुलाई नै दिएको थियो । सोही अनुसार नगरपालिकाले संक्रमण थप फैलन नदिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले सभा, सम्मेलन, मेला, जात्रा जस्ता भिडभाड हुने कार्यहरु पनि अर्काे सुचना जारी नभएसम्मको लागि आयोजना नगर्ने पनि निर्णय गरेको छ । सुनसरीका प्रजिअ उमेशकुमार ढकालले डिसिसिएमसी बैठकले नै विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहहरुलाई दिएकोले सोही अनुसार इनरुवाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । ‘आफ्नो क्षेत्रमा जोखिमको अवस्था हेरेर खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहहरुलाई नै दिइएको छ, त्यसै अनुसार इनरुवाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो,’प्रजिअ ढकालले भने ।
प्रकाशित मिति: २०२१-०४-१८ , समय : १४:२३:०५ , ४ वर्ष अगाडि