ओलीको बैठक बहिष्कार गरेका प्रचण्ड–नेपालबीच छलफल

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८ , मसलापाटी

मसलापाटी

०४ बैशाख,

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेले फ्लोर-क्रस गरेर नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि प्रचण्ड र माधवकुमार नेपालबीच छलफल भएको छ।आज बालुवाटारमा आयोजना गरिने बैठकमा सहभागिताका लागि प्रधानमन्त्री ओलीले गरेको निमन्त्रणा अस्वीकार गरेका दुई नेताबीच कोटेश्वरस्थित चण्डेश्वर श्रेष्ठको घरमा बिहान एक घण्टा छलफल भएको हो।छलफलमा नेपाल एक्लै सहभागी थिए भने माओवादी केन्द्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।उनीहरुबीच राजनीतिक परिस्थितिकाे विश्लेषण गर्दै अब कसरी अगाडि बढ्ने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।पार्टी हितविपरीत काम गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता नेपालसहित ४ नेतालाई पार्टीकाे साधारण सदस्यबाटै निलम्बन गरेका छन्। तर नेपाल पक्षले देशभर समानान्तर समिति बनाइसकेको छ।

नेपाल शुक्रबार झापा पुगेर समानान्तर समिति बनाई फर्केलगत्तै शनिबार बिहान प्रचण्डसँग भेटवार्ता भएकाे हाे।

प्रकाशित मिति: २०२१-०४-१७ , समय : ११:४५:१९ , ४ वर्ष अगाडि