विद्यालय र भीडभाडयुक्त क्षेत्र पुनः बन्द गर्न मन्त्रालयको सिफारिस

प्रकाशित : शुक्रबार, चैत्र २७, २०७७ , मसलापाटी

मसलापाटी

२७ चैत्र २०७७,

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउनका लागि विद्यालयलगायत भीडभाड क्षेत्र बन्द गर्न मन्त्रालयले बिहीबार सिफारिस गरेको छ ।सिसिएमसीलाई भीडभाड हुने क्षेत्र विद्यालयल, सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताएका छन्।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विद्यालय बन्द गर्नुपर्छ र पठनपाठन अनलाइनबाट गर्नुपर्छ । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नगरे कोरोना संक्रमण बढ्ने भएकाले पुनः विद्यालयलगायत भीडभाड क्षेत्र बन्द गर्नका लागि सिफारि गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: २०२१-०४-०९ , समय : ११:२३:०९ , ४ वर्ष अगाडि