प्रदेश प्रमुख झाको पहिलो तलव अग्निपीडित बालबालिका र आविष्कार केन्द्रलाई
प्रकाशित : बुधबार, चैत्र १८, २०७७ , मसलापाटी
प्रकाशित : बुधबार, चैत्र १८, २०७७ , मसलापाटी
मसलापाटी
१८ चैत
प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले आफनो पहिलो महिनाको तलव सामाजिक काममा खर्च गरेका छन् । जम्मा ६० हजार तलव मध्ये ३२ हजार दुई बालबालिकाको उपचार तथा वाँकी रकम महावीर पुनको ‘राष्ट्रिय आविष्कार केन्द्र’ लाई उपलब्ध गराएका हुन् ।विगत ७ वर्षदेखि एसिड पीडितहरुको उद्धार तथा उपचारमा सहयोग पु¥याउँदै आएका सामाजिक अभियन्ता उज्वल विक्रम थापाका अनुसार प्रदेश प्रमुख झाले कीर्तिपुर अस्पतालमा पुगेर ति वालवालिकालाई सहयोग गरेका हुन् ।आगलागीमा परी घाइते भएकी सिन्धुलीकी गाङ्लेख–७ की २ वर्षीया बालिकाको उपचारका लागि २० हजार र विरगञ्ज महानगरपालिका ६ का ३ वर्षिय वालकको उपचारका लागि १२ हजार सहयोग गरेका हुन् । बालिका वस्तुभाउका लागि पकाइएको खोलेको भाँडोमा परेर जलेकी थिइन् भने वालक घर नजिकै बालेको आगोमा परेर जलेका थिए ।दुबै बालबालिकाको हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको अभियन्ता थापाले वताए ।यसैगरी महावीर पुनको ‘राष्ट्रिय आविष्कार केन्द्र’ लाई ३२ हजार रुपैयाँ सहयोग गरिएको सामाजिक अभियन्ता भिम उपाध्यायले जानकारी दिए । झाले प्रदेश प्रमुख वन्नु पुर्व पनि आविश्कार केन्द्रलाई सहयोग गर्दै आएको र सम्भव भएसम्ममा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको उपाध्यायले वताए ।
नेपाल आजबाट
प्रकाशित मिति: २०२१-०३-३१ , समय : १४:०१:१३ , ४ वर्ष अगाडि