उदयपुरमा आगलागीमा ३ वर्षिय बालक जलेको आशंका,पानीको अभावले आगो नियन्त्रण बाहिर
प्रकाशित : आइतबार, चैत्र ०८, २०७७ , सरोज निरौला
प्रकाशित : आइतबार, चैत्र ०८, २०७७ , सरोज निरौला
सरोज निरौला
०८ चैत्र २०७७
उदयपुर । उदयपुरमा आइतबार साँझ आगलागीमा एक बालक जलेको आशंका गरिएको छ । कटारी नगरपालिका वडा नं. १० आइतबार साँझ ४ः४५ बजेको समयमा पालसिङ्गको बरालथुम्कामा आगलागीमा परि सुजन थापाको ३ वर्षिय छोरा अर्विन थापा आगोमा जलेको आशंका गरिएको छ ।घरमा केटाकेटी बाहेक अरु कोही नभएको बेला अचानक प्रकाश थापाको घर नजिकबाट शुरु भएको आगोले तीन दाजुभाईको घर, गुहाली र मच्चान जलेर पूर्ण रुपमा नष्ट भएको कटारी नगरपालिका १० का जेष्ठ वडा सदस्य दिल बहादुर थापा खत्रीले जानकारी दिए । बेपत्ता बालकका दिदीलाई उध्रित गर्दै वडा सदस्य थापाका अनुसार आगलागी हुँदा बखत घरमै खेलिरहेको बालक आगलागी पछि नदेखिएको बताए ।
पानीको अभावले आगो नियन्त्रण बाहिर रहेको वडा सदस्य थापाले जानकारी दिए ।करिव ४ः४५ बजेबाट शुरु भएको आगो राति ८ः३० बजेसम्म पनि नियन्त्रणमा नआएको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणका लागि स्थानीय, सोरुङ्गछविसे र बेतिनीको प्रहरी टोली परिचलन गरिएको छ । यस्तै इलाका प्रहरी कार्यालय कटारीबाट थप प्रहरी परिचालन गरिएको प्रहरीले जानकारी दिइएको छ ।
प्रकाशित मिति: २०२१-०३-२१ , समय : २१:२३:५८ , ४ वर्ष अगाडि