सरकारले दिने १० लाख रुपैयाँ नवीन्द्रराज जोशीको परिवारले नलिने

प्रकाशित : आइतबार, चैत्र ०८, २०७७ , मसलापाटी

मसलापाटी

०८ चैत्र २०७७

काठमाडौँ । बिरामी भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन् ।गत फागुन १४ गते मष्तिस्कघात भएपछि नेता जोशीलाई वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको थियो ।नेता जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको परिवारले उक्त रकम नलिने बताएको  जानकारी दिए ।

प्रकाशित मिति: २०२१-०३-२१ , समय : १६:२५:१६ , ४ वर्ष अगाडि