उदयपुरमा आफ्नै नातीनी बलात्कार गर्ने ५६ वर्षीय हजुरबालाई आजीवन जेल सजाय

प्रकाशित : बिहिबार, चैत्र ०५, २०७७ , मसलापाटी

मसलापाटी

०५ चैत्र २०७७,

उदयपुर । उदयपुरमा ५६ वर्षीय एक बृद्धलाई आजीवन कारावासको फैसला सुनाइएको छ । आठ वर्षकी आफ्नै नातीनि बलात्कार गरेको आरोपमा पुरपक्षका लागि कारागारमा रहेका हजुरबालाई थप चारवर्षसहित आजीवन जेल सजाय फैसला भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिकाका स्थानीय ती बृद्धले २०७७ साउन १२ गते पीडितलाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोप छ । बालीकाको परिवारबाट भदौ ९ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दर्ता भएको थियो । पीडितको उजुरीपछि नियन्त्रणमा लिइएका बृद्धलाई जिल्ला अदालतले असोज २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

मंगलबार अन्तिम फैसला गर्दै जिल्ला न्यायाधिश माधवप्रसाद सिलुवालको एकल इजलासले कसुर ठहरसहित आजिवन कारावास र थप चार बर्ष कैद सजाय सुनाएको श्रेष्तेदार धनबहादुर कार्कीले जानकारी दिए । योसँगै जरिवानावापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउनसमेत अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति: २०२१-०३-१८ , समय : ०७:१०:२१ , ४ वर्ष अगाडि