कुवेतमा नेपाली कामदारको मृत्यु
प्रकाशित : आइतबार, चैत्र ०१, २०७७ , मसलापाटी
प्रकाशित : आइतबार, चैत्र ०१, २०७७ , मसलापाटी
मसलापाटी
०१ चैत्र २०७७,
काठमाडौं । वैदेशिक रोजगरीका लागि कुवेत गएका रोल्पाका एक कामदारको मृत्यु भएको छ । रोल्पा आरखोला वडा नं ५ घर भएका दिलिप सिंह बुढामगरको कुवेतको आदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सन् २०१९ जुन १६ तारिखमा कुवेतको एक कन्ट्रक्याटक्ङ एण्ड क्लिनिङ कम्पनीमा काम गर्न गएका बुढा विरामी भएपछि गत आइतबार अस्पताल लगिएको उनका साथीहरुले जानकारी दिएका छन् । मृतका बुढा मगरका नेपालमा श्रीमती, एक छोरी र एक छोरा छन् ।
प्रकाशित मिति: २०२१-०३-१४ , समय : ११:०१:५५ , ४ वर्ष अगाडि