प्रदेश- २ सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

प्रकाशित : सोमबार, फाल्गुण २४, २०७७ , मसलापाटी

मसलापाटी

२४ फाल्गुण २०७७,

काठमाडौं । श्रमिक महिला दिवस अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश नम्बर २ सरकारले १५ सय  छात्रालाई साइकल वितरण गर्ने भएको छ। ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत श्रमिक महिला दिवसको अवसरमा १५ सय छात्रालाई साइकल वितरण गर्न लागेको हो ।आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने योजना बनाएकोमा सोहीअनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा साइककल वितरण कार्यक्रम सुरु गर्न लागिएको हो।सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययरत छोरीहरूलाई साइकल प्रदान गर्न लागिएको जनाइएको छ ।

 

प्रकाशित मिति: २०२१-०३-०८ , समय : १२:३३:०२ , ४ वर्ष अगाडि