विराटनगरमा मदिराको नशामा स्यानिटाइजर पिउँदा दुई जनाको मृत्यु
प्रकाशित : बुधबार, फाल्गुण १९, २०७७ , मसलापाटी
प्रकाशित : बुधबार, फाल्गुण १९, २०७७ , मसलापाटी
मसलापाटी
१९ फाल्गुण २०७७,
विराटनगर। मदिराको नशामा हातमा दल्ने स्यानिटाइजर पिउँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका-४ घर भई विराटनगर महानगरपालिका-१७ स्थित रघुपति जुट मिलको क्वार्टरमा बस्ने ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका-४ का ६० वर्षीय दिनेश मण्डल रहेका छन् ।कीटाणु नष्ट गर्न प्रयोग गरिने स्यानिटाइजर पिएर उनीहरू सिकिस्त भएका थिए ।गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा स्यानिटाइजर खाएको खुल्न आएको प्रहरीको भनाइ छ ।कोसी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको बताइएको छ ।स्यानिटाइजरमा पनि विषादी हुने भएकाले सेवन गर्दा ज्यान जाने कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए ।
प्रकाशित मिति: २०२१-०३-०३ , समय : ११:०३:४८ , ४ वर्ष अगाडि