उदयपुरका एक युवकको कोरोनाबाट मृत्यु

प्रकाशित : मंगलबार, पुष २१, २०७७ , मसलापाटी

मसलापाटी

२१ पौष २०७७, मंगलबार

उदयपुर । कोरोनाबाट उदयपुरका एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ का १८ वर्षीय युवकको कोरोनाबाट आज मृत्यु भएको हो ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त कोरोना संक्रमित युवकको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरीएको थियो ।उक्त पुरुषमा कुनै पनि दीर्घ रोग नभएको अस्पतालले जनाएको छ । ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: २०२१-०१-०५ , समय : १४:५५:३२ , ४ वर्ष अगाडि