‘मदन भण्डारी लोकमार्ग’ को गाईघाटस्थित अवरुद्ध सडकमा कालोपत्रे सुरू
प्रकाशित : आइतबार, पुष १२, २०७७ , सरोज निरौला
प्रकाशित : आइतबार, पुष १२, २०७७ , सरोज निरौला
सरोज निरौला
१२ पौष २०७७, आइतबार
गाईघाट। लामो समयदेखि रोकिएको ‘मदन भण्डारी लोकमार्ग’ को सदरमुकाम गाईघाटस्थित अवरुद्ध सडक खण्डको काम सुचारु भएको छ।चौडाई विवादले अवरुद्ध भएको पुरानो गाईघाट चोक स्थित ५ सय मिटर खण्डको विवाद मिलेपछि अवरुद्ध सडकको काम शुक्रबारदेखि सुचारु भएको हो।
पिजीचोकमा सडक दायाँबायाँका स्थानीयबीच विवाद नमिल्दा एकवर्षयता काम अवरुद्ध भएको थियो।नगरपालिकाले तोके अनुसार सडकको उत्तर र दक्षिण दुवैतर्फ साविकभन्दा दुई–दुई मिटर जमिन छाड्न राजी भएपछि २२ मिटरको कालोपत्रे सडक बन्ने सहमति भएको छ।सहमति भएसँगै शनिबारदेखि ६ महिनाअघिको सहमति अनुसार गाडिएको विद्युतका पोल दुईमिटर सार्ने काम सुरु भएको छ। तीन दिनभित्र पोल सारिसकेर नाला बनाउने क्रम सुरु गर्नेगरी काम सुचारु भएको लोकमार्ग कार्यालय गाईघाटले जनाएको छ।
प्रकाशित मिति: २०२०-१२-२७ , समय : ११:४४:५८ , ४ वर्ष अगाडि