दुर्घटनामा परि दुई जनाको घटना स्थलमै मृत्यु
प्रकाशित : बिहिबार, आश्विन २२, २०७७ , मसलापाटी।
प्रकाशित : बिहिबार, आश्विन २२, २०७७ , मसलापाटी।
मसलापाटी।
कटारी,२२ असोज,२०७७
मसलापाटी। सिद्धिचरण राजमार्गको कटारी–बेतिनी सडक खण्डमा बुधबार राती भएको कन्टेनर दुर्घटनामा परि दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । साथै अन्य दुई जना गम्भिर घाइते भएकाछन् ।
ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना ५ख ९४२४ नम्बरको खाली कन्टेनर कटारी नगरपालिका–८ को सिरिसेस्थीत सानादमारमा राती ८ बजे दुर्घटना हुदा कटारी नपा ८ का मिन वहादुर रानामगर र गोल बजार नगरपालिका सिराहाका राकेश यादबको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. भिम वहादुर दाहालले बताए ।
दुर्घटनामा घाईते कन्टेनरका चालक झापा दमकका योगेन्द्र दाहाल र बराहा क्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई उपचारको लागि राती नै विराटनगरस्थीत नोवेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घाईते दुबैको टाउँकोमा गहिरो चोट लागेको कारण अवस्था गम्भिर रहेको कटारी अस्पतालका वरिष्ठ चिकित्सक राम कुमार गजमेरले बताए । उक्त कन्टेनर सडकबाट झण्डै ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । साघुरो बाटोमा चालकले गाडी तिब्र गतिमा चलाएको कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।
प्रकाशित मिति: २०२०-१०-०८ , समय : १४:१४:४० , ४ वर्ष अगाडि