वडाध्यक्षविरुद्ध जवरजस्ती करणी मुद्दा

प्रकाशित : आइतबार, आश्विन १८, २०७७ , मसलापटी

मसलापटी

सिराहा,१८ असोज,२०७७

मसलापाटी। सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ ।आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: २०२०-१०-०४ , समय : ११:४८:०८ , ४ वर्ष अगाडि