उदयपुरमा सशस्त्र प्रहरीद्धरा अन्तः शुल्क र विल विजक नभएको सामान बरामद

प्रकाशित : बिहिबार, आश्विन १५, २०७७ , मसलापटी

मसलापटी

उदयपुर,१५ असोज,२०७७

 मसलापाटी। उदयपुरमा सशस्त्र प्रहरीले करिव २ लाख ६६ हजार बराबरको अन्तः शुल्क र विल विजक नभएको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.५ गण हे.क्वा.त्रियुगा उदयपुरबाट खटिगएको मोवाईल गस्ती टोलीले बुधबार त्रियुगा नगरपालिका ६ लालपत्ताबाट उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । सिरहाको लाहानबाट गाईघाट तर्फ आउँदै गरेको बा.५ ख ५२६२ नम्बरको हाईस गाडीलाई चेकजाँच गर्ने क्रममा अन्तः शुल्क र विल विजक नभएको सामान बरामद गरेको हो। बरामद गरेको सामान आवश्यक कारबाहीको लागि करदाता सेवा कार्यालय गाईघाट उदयपुरमा बुझाइएको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२०-१०-०१ , समय : १२:१४:५९ , ४ वर्ष अगाडि