प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा अनियमितता
प्रकाशित : बुधबार, आश्विन १४, २०७७ , मसलापटी
प्रकाशित : बुधबार, आश्विन १४, २०७७ , मसलापटी
मसलापटी
खोटाङ,१४ असोज,२०७७
खोटाङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा व्यापक अनियमितता भएको पाईएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकास्थित वडा नम्बर–१ याम्खा, वडा नम्बर–२ डाडाँगाउँ र वडा नम्बर–३ छोरम्बुलाई समेट्ने गरि सुन्तला ब्लक क्षेत्र विस्तार कार्यक्रमको बजेटमा अनियमितता भएको पाईएको हो । कृषि ज्ञान केन्द्र दिक्तेल अन्तरगतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममार्फत उक्त वडामा सुन्तला ब्लक क्षेत्र विस्तारका लागि आर्थिक वर्ष २०७६-०७७ मा छुट्टिएको ३५ लाख बजेटमध्ये २८ हजार ४ सय निकासा भएको र १२ लाख रूपैयाँ अनियमितता भएको पाईएको हो । परियोजनाको ३५ लाख र कृषकहरूबाट ३५ लाख गरि ७० लाखमा तीन वटा वडामा सुन्तला ब्लक क्षेत्र विस्तार कार्यक्रम लागु गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममार्फत छुट्टिएको ३५ लाखमध्ये १२ लाख सुन्तला ब्लक संचालन समितिका अध्यक्ष छोरम्बु घर भएका लक्ष्मी कुमार राई र सचिव मनोज राईले हिनामिना गरेको खुलासा भएको हो । गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको अग्रसरतामा सम्बन्धित कृषक, सुन्तला ब्लक संचालन समितिका पदाधिकारीहरु र कृषि ज्ञान केन्द्रको उपस्थितीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समितिका अध्यक्ष राई र सचिव राईले १२ लाख हिनामिना गरेको ठहर गरिएको छ । सुन्तला ब्लक संचालन समितिका अध्यक्ष र सचिवले १२ लाख रुपैयाँ हिनामिना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमै स्वीकार गरेको बताईएको छ । उनीहरुले आफूले हिनामिना गरेको १२ लाख १० दिन भित्र कृषकहरूलाई नै फिर्ता गर्ने भएका छन् ।
प्रकाशित मिति: २०२०-०९-३० , समय : ०८:४३:५६ , ४ वर्ष अगाडि