नेवि सघंको माग बरुवा क्याम्पसद्धरा सम्बोधन

प्रकाशित : बिहिबार, आश्विन १०, २०८१ , सरोज निरौला

सरोज निरौला

उदयपुर,(गाइघाट) १० असोज। बरुवा क्याम्पस नेवि संघ इकाइको माग बरुवा क्याम्पस प्रसाशनले सम्बोधन गरेको छ। गत भदौ २८ गते ३ बुदे माग राखी स्थानिय तह तथा क्याम्पस प्रसाशन समेतको ध्यानकर्षण गरी विज्ञप्ती प्रकाशन गरी विज्ञप्ती बुझाएको थियो।

३ बुदे माग मध्य बुदा न.२ को परिक्षा शुल्क बापत लिईदै आएकोका रु १५०० सयबाट घटाएर रु १२०० कायम गर्ने र बुदा न. ३ को छात्रावृत्ति वितरण पनी पारदर्शी गर्न विभिन्न माध्यमहरुबाट जस्तै,समाजिक सन्जाल सुचनापाटीबाट सुचना निकालेर जेहेन्दार तथा गरिव छात्र–छात्राहरुलाई वितरण गर्ने लिखित सहमती भएको बरुवा क्याम्पस नेवि संघ ईकाइ सभापती अजिब पराजुले पुर्बेली आवाजलाई जनकारी दिए।

तर बुदा १ को क्याम्पुको हाता वरिपरी रहेका घरहरुलाइ पनी व्यावस्थित गदै लाने सहमती भएकोले क्याम्पसमा तालाबन्दी गरी हडताल गर्ने कार्य हालाई स्थगित गरिएको पनी सभापती पराजुले बताए।

प्रकाशित मिति: २०२४-०९-२६ , समय : १३:०९:२६ , ३ महिना अगाडि