तरकारीमा हालेको विषले एकै पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग !
प्रकाशित : बिहिबार, भाद्र २०, २०८१ , पुर्बेली आवाज
प्रकाशित : बिहिबार, भाद्र २०, २०८१ , पुर्बेली आवाज
पुर्बेली आवाज
गोरखा । जिल्लाको गण्डकी गाउँपालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग लागेको कारण खोज्न सरकारले कार्यदल गठन गरेको छ।
ती सबै २०६५/६६ देखि आधुनिक खेती गरिरहेका किसान रहेका कारण तरकारी खेतीमा हालिएको विषादीका कारण त्यस्तो रोग लागेको प्रारम्भिक अनुमान छ।
गण्डकी प्रदेशकै नवलपुरको हुप्सेकोटमा त्यस्तै खेती गर्नेमा क्यान्सरका रोगी अधिक फेला परेका छन्। हुप्सेकोट गाउँपालिकामा मात्र व्यावसायिक तरकारी खेती गर्ने ६४ जनामा क्यान्सर र मिर्गौला रोग लागेको स्वास्थ्य शाखा हुप्सेकोटले जनाएको छ ।
तीमध्ये १४ जना एउटै वडा- १ को जुगेपानी क्षेत्र का रहेका हुप्सेकोट स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए। यसअघि गत वर्ष डडेलधुराको अमरगढी नगरपालिकामा पनि एकै गाउँका सात जनामा क्यान्सर लागेको र एक जनाको मृत्यु हुँदा त्यस्तै खोजी भएको थियो तर त्यसको गम्भीर अध्ययन भएन।
हुप्सेकोटमा विभिन्न उमेर समूहका र कार्यप्रकृतिका कृषक विषादीको जोखिममा काम गर्छन्। तीमध्ये जुगेपानीका दिनेश सोमै मगरलाई २६ वर्षमै दुईथरी क्यान्सर भइसकेको छ। उनी तीन वर्षभन्दा बढी वैदेशिक रोजगारी रहेर स्वदेश फर्केपछि तरकारी खेतीमा लागेका हुन् तर तरकारी खेती थालेको डेढ वर्षमै मलद्वारको र पछि ढाडको हड्डीमा क्यान्सर भयो। उनी आफैँ त्यसको कारण तरकारी खेतीको विषादी नै मान्छन्। विषादी प्रयोग गर्न नजानेरै क्यान्सर भएको अनुमान गर्दै त्यसको आधार धेरै जना त्यस्ता किसानलाई क्यान्सर र मिर्गौलाको रोग लागेको उनले बताए।
उनको आशङ्कालाई बल दिने गरी छिमेकी ६५ वर्षीय हरिमाया थापा र ६४ वर्षीय ताराबहादुर विक दुवै क्यान्सर पीडित छन् । विक १५ वर्षदेखि विषादीको प्रयोग गर्दै तरकारी खेतीमा लागेका हुन्। उनलाई तीन वर्षअघि पिसाब नलीमा क्यान्सर देखियो।
विकले पनि सोमेले जस्तै अर्का किसान प्रेमबहादुर रजाली पनि क्यान्सर लागेरै चार वर्षअघि बितेको स्मरण गरे। ६६ वर्षीय टेकबहादुर विकले चाहिँ मिर्गौलामा क्यान्सर भएपछि एउटा मिर्गौला फालेर जीवन धानिरहेका छन्। तरकारीमा प्रयोग गर्ने विषादीकै कारण यति ठुलो सङ्ख्यामा किसानलाई मिर्गौला र क्यान्सर रोग लागेको हुप्सेकोट स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताए। बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ
प्रकाशित मिति: २०२४-०९-०५ , समय : ०८:२०:५६ , ४ महिना अगाडि