लागुऔषध सहित त्रियुगा ११ का ३ युवक पक्राउ

प्रकाशित : सोमबार, भाद्र ०३, २०८१ , पुर्बेली आवाज

पुर्बेली आवाज

उदयपुर ( लालपत्ता ) ३,साउन । उदयपुरमा लागुऔषध सहित ३ युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ का १८ बर्षीय हुमन कार्की, १८ बर्षीय सम्बीर सुयल र अमृत नेपाली रहेको  छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट बुप्रोनोर्फिन, प्रोमेथारजिन र डाइजापाम गरी ६५ एम्पुल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०८-१९ , समय : १४:२२:५४ , ४ महिना अगाडि