उदयपुरमा वैलैमा वर्षा,समयमै धान रोपाँई
प्रकाशित : शनिबार, साउन १२, २०८१ , पुर्बेली आवाज
प्रकाशित : शनिबार, साउन १२, २०८१ , पुर्बेली आवाज
पुर्बेली आवाज
उदयपुर,१२साउन। उदयपुरका किसानलाई बेलैमा पनी परेसगै रोपाँई गर्ने अवसर जुरेपछि धान उत्पादन बढ्ने आशा पलाएको छ । असार पहिलो सातादेखि साउन दोस्रो साताभित्र गरिसक्नुपर्ने रोपाँई यो वर्ष समयमै सकिन लागेको छ ।
विगत वर्षहरूजस्तो खडेरी नलागी समयमै पानी पर्दा रोपाँई पनि बेलैमा गर्न पाएपछि किसानलाई उत्पादन बढ्ने आसा पलाएको हो ।विगत वर्षहरूजस्तो समयमा पानी नपर्दा ढिला रोपाँई गर्ने समस्या यसपालि किसानले भोग्न परेको छैन ।
वर्षा समयमा नहुँदा भदौ अन्तिमसम्म रोपाँई गर्नुपर्ने बाध्यता किसानले यस वर्ष खेप्नु नपरेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।
यो वर्ष समयमै वर्षा हुँदा बेलैमा रोपाँई थालेर लगभग अन्तिम अवस्थामा पुगेको ज्ञान केन्द्रका प्रमुख योगेन्द्र यादवले बताए ।समयमै पानी पर्दा जेठ अन्तिमदेखि नै रोपाँई सुरु भएर साउनको पहिलो सातासम्म ७९ प्रतिशत रोपाइ भइसकेको तथ्याङ्क यादवले दिए ।अहिलेसम्म ७९ प्रतिशत रोपाँई सकिसकेको छ।
ज्ञान केन्द्रका अनुसार सदरमुकाम त्रियुगालगायत जिल्लाका सबै स्थानीय तहमा रोपाँई गर्ने क्रम अन्तिम चरणमा पुगिसकेको छ ।
वर्षेनी ६० देखि ८० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको उदयपुरमा आउँदो वर्ष उब्जनी बढ्ने अनुमान ज्ञान केन्द्रले गरेको छ।
प्रकाशित मिति: २०२४-०७-२७ , समय : ०८:४४:२१ , ५ महिना अगाडि