कोशी सरकारबाट बाहिरिदै माओवादी केन्द्र
प्रकाशित : शुक्रबार, साउन ११, २०८१ , पुर्बेली आवाज
प्रकाशित : शुक्रबार, साउन ११, २०८१ , पुर्बेली आवाज
पुर्बेली आवाज
बिराटनगर,११ साउन। नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाउने तयारी गरेका छन्। यसका साथै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाएको छ।
‘हामी आज सरकार छाड्छौं,’ भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेतीले भने, ‘मुख्यमन्त्रीलाई राजीनामा बुझाउँछौं ।’ कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट चार जना मन्त्री रहेका थिए।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारबाट बाहिरिएपछि समर्थन पनि फिर्ता लिने बताए। यो कदमले नेपाली कांग्रेसलाई सरकारमा प्रवेश गर्ने बाटो खोलेको छ। मुख्यमन्त्री कार्कीले कांग्रेसलाई नौ मध्ये चार मन्त्रालय दिने तयारी गरेका छन्।
प्रकाशित मिति: २०२४-०७-२६ , समय : १३:३२:३१ , ५ महिना अगाडि