कटारी नगरपालिका र उदयपुरगढी जोड्ने ग्रामीण सडक दुइसातादेखी अबरुद्ध

प्रकाशित : बिहिबार, साउन १०, २०८१ , पुर्बेली आवाज

पुर्बेली आवाज

उदयपुर ,१० साउन।

असार २२ गतेको अविरल वर्षापछी कटारी वडा नम्बर ७ को भालुखोल्सामा पहिरोले सडक वगाएपछी वन्द सडक अभै सुचारु हुन सकेको छैन् ।कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिका जोड्ने  ग्रामिण सडकखण्ड दुईसातादेखि पूर्ण रुपमा अवरुद्ध छ ।

पहिरोले ७० मिटर लम्बाई सडकखण्डलाई वगाएर एकसय मिटर तल तावाखोलमा पुराईदिएपछी सडक अवरुद्ध भएको हो।

लामोसमय सडक वन्द भएपछी जनजीवन नै प्रभावित हुन थालिसकेको छ ।’उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर क्याप्छाकी मगरले भन्नुभयो ,‘यहि सडकखण्डबाट ग्रामिण भेगमा दैनिक उपभोग्य सामाग्रीहरु पुग्ने गर्दथ्यौं लामो समय सडक अवरुद्ध भएपछी कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ सहितका जनप्रतिनिधिरु र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मगर सहित जनप्रतिनिधिहरुको टोलीले अनुगमन गरी वैकल्पिक मार्ग निर्माण गर्ने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति: २०२४-०७-२५ , समय : ०८:२३:४० , ५ महिना अगाडि