महेन्द्रदीप ताम्लिछामा आन्तरिक ऋण लगानी कोष संकलन समिती गठन

प्रकाशित : बिहिबार, भाद्र २३, २०७९ , सरोज निरौला

सरोज निरौला

उदयपुर,२३ भदौ।(ताम्लिछा)  उदयपुरको लिम्चुङबुङ गाँउपालिका वडा न.२ ताम्लिछामा अबस्थित श्री महेन्द्रदीप मा.वि (१०+२)ताम्लिछाका विद्यालय ब्यबस्थापन समिती र जनप्रतिनिधीहरु शैक्षिक गुणस्तर सुधार गर्न एकजुट भएका छन।

भदौ २२ गते बसेको विद्यालय ब्यबस्थापन समिताको बैठकले कार्यबाहक अध्यक्ष भिमचन्द्र राइको संयोजकत्वमा सात सदस्यीय अन्तरिक ऋण लगानी कोष संकलन समिती गठन गरेको हो।

समितीको संयोजकमा भिमचन्द्र राइ सदस्यहरुमा क्रमश वडाको तर्फ बाट जमुना कार्की, अभिभाबक संङठनबाट भिमसेर राइ र अन्य कदस्यहरुमा ढक वहादुर राइ, सुवास राइ, मनिचन्द्र राइ र दिपक तामाङ रहेका छन।

हाल सम्म लगानी भएको सबै रकम संकलन गर्ने र उतm संङकलित रकम विद्यालयको मुद्दत्ती खाता बैकमा खोली एकमुठ्ठ जम्मा गर्ने निर्णय भएको विद्यालय ब्यबस्थापन समितीका कार्यबाहक अध्यक्ष भिमचन्द्र राइले बताए।

विद्यालयले २०७१ साल कार्तीक १६ गते(१०+२) कक्षा ११ र १२ निजी स्रोतबाट संन्चालन गर्न विद्यालयको नाममा छुटै विद्यालय आर्थिक सहयोग कोष निमार्ण गरि विद्यालय संन्चालन गर्ने गरी २०७१ कार्तिक १६ गते विद्यालय ब्यबस्थापन समिती,अभिभाबक संघ,स्थानिय राजनितिक दल,समाजसेवी तथा बुद्धिजिबी सम्लित बैठकले आर्थिक सहयोग रकम संकलन गर्ने र कुनै पनी सर्तमा हिनामीना नगर्ने निणर्य गरेको थियो।

विद्यालयको आर्थिक सहयोग कोषको अपिललाइ सकारात्मक मान्दै ताम्लिछा बासी लगायत अन्य आमजनसमुदायबाट विद्यालयको आर्थिक कोष खातामा कती रकम जम्मा भएको थियो भन्ने प्रश्न गर्दा तत्कालिन बिद्यालयका प्रधानध्यपक र अहिलेका पनी प्रधानध्यपक ढक वहादुर राइले भने“पुरै जम्मा भएको रकमको हरहिसाबको लागी खाता पल्टाएर हेनैपर्ने हुन्छ ,तर विद्यालयले लगानि गरेको रकम १८ लाख ५२ हजार रहेको जनकारी दिए।

साथै शैक्षिक गुणस्तर सुधारको लागी यही हप्ता देखी वडाप्रतिनिधी,शिक्षक तथा अभिभावक संग छलफलको माध्यमबाट आगामी कार्यक्रम तय गरेर अगाडी बढ्ने लिम्चुङबुङ गाँउपालिकाका सामाजिक बिकास संयोजक तथा वडा न.२ ताम्लिछाका वडाअध्यक्ष जितेन राइले बताए।

प्रकाशित मिति: २०२२-०९-०८ , समय : १२:१३:१९ , २ वर्ष अगाडि