धरै बोल्ने भन्दानी काम गरेर देखाउने–मन्त्री कार्की
प्रकाशित : शुक्रबार, भाद्र १०, २०७९ , सरोज निरौला
प्रकाशित : शुक्रबार, भाद्र १०, २०७९ , सरोज निरौला
सरोज निरौला
मसलापाटी,९ भदौ। प्रदेश १ सरकारका सडक पुर्वाधार तथा शहरीविकास मन्त्री हिमाल कार्कीले आफुहरु अरुजस्तो धेरै बोल्ने भन्दानी काम गरेर देखाउने अभियनमा लागेको बताएका छन।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ स्थित देउरी खोलाको मोटेरबल पुलको विहिबार उद्घाटन गदै मन्त्री कार्कीले आफुहरु काम गरेर देखाउने अभियान लागेको बताउनु भएको हो।
विकास निमार्णका काममा दलिय किचलो गर्न नहुने भन्दै मन्त्री कार्कीले योजना छनोट गर्दा अब पहुचको आधार भन्दानी आवश्यकताका अबधारमा स्थानिय तहसंग सहकार्य गरेर विकास निमार्णका योजना छनोट गरिने बताए।
प्रदेश सरकारको सडक पूर्वधार तथा शहरी बिकास मन्त्रालय मार्फत ६ करोड ११ लाख ५१ हजार २ सय ७२ रुपैया लागत स्टेमेट तयार गरी २०७७ साल जेष्ठ १ गते पवित्र निर्माण सेवा गाइघाटले मुल्य समायोजन सहित ४ करोड ५ लाख ६५ हजार ३ सय ९८ रुपैयामा सम्पन्न गरेको ७१ मिटर लम्बाइ, १० मिटर चौडाइ रहेको ३ स्पानको मोटरेवल पक्कीपुलको प्रदेश मन्त्री कार्कीले उद्घाटन गर्नु भएको हो।
२०७८ सालको कार्तिक मसान्त भित्रमा पुल निर्माण गरिसक्नु पर्ने गरि ठेक्का सम्जौता भएकोमा पछि म्याद थप गरि २०७८ चैत्र ३० गते सम्पन्न गर्ने पर्ने थियो । निर्माण कम्पनीले समयावधिको एक हप्ता अगावै पुल निर्माण सकेको थियो ।
सडक पुर्बाधार तथा सहरी विकास सचिब मोहनराज चपागाइको अध्यक्षतमा भएको कार्यक्रमा सो वडा अध्यक्ष उदब थापा,त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत लगायतले विकास निमार्णका काममा कसैले पनी अबरोध गर्न नहुने र तिन वटै तहले समन्वयको खाचो रहेको बताए।
प्रकाशित मिति: २०२२-०८-२६ , समय : ०८:३१:२४ , २ वर्ष अगाडि