सडकपेटीका फलफूल र चटपटे ब्यापारीलाइ नगरपालिकाले ब्याबस्थित गर्ने

प्रकाशित : शनिबार, साउन २८, २०७९ , सरोज निरौला

सरोज निरौला

उदयपुर,२८ साउन। गाइघाट बजारको सडकपेटीमा सन्चालित फलफूल तथा चटपटे पसलहरुलाइ त्रियुगा नगरपालिका र त्रियुगा उधोग बाणिज्य संघले ब्याबस्थित ठाउमा सार्ने भएको छ।त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको संयुक्त प्रयासमा नगरप्रहरी र यातायात कार्यलय नजिकै रहेको जग्गामा फलफुल बजार सुचारु गर्न लागिएको हो ।

सडकपेटीमा ठेला राखेर चटपटे र फलफुल बिक्रीवितरण गर्दै आएका व्याबसायीहरुले अव उक्त फलफुल बजारमा आफ्नो व्यबसाय सञ्चालन गर्न पर्ने छ । सडकपेटीमा फलफूलठेला राखेर चटपटे र फलफुल बिक्रीवितरण गर्दै आएकाले पैदलयात्रुलाई समेत हिड्न समस्या हुँदै आएको छ,भने सडकपेटीमा राख्ने व्यवसायका कारण सडक दुर्घटना हुन सक्ने सम्भावनालाई समेत न्यूनीकरण गर्न सडकपेटीका व्याबसायीलाई व्यवस्थापन गर्न फलफुल बजार सञ्चालन ल्याइएको हो ।

फलफुल बजार सञ्चालनमा आए पछि उक्त स्थान भन्दा बाहिर सडकपेटीमा ठेलाराखेर वा जस्तो सुकै अवस्थामा पनि व्यवसाय गरे समान खोसिने र उठाउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०८-१३ , समय : ०९:३५:२८ , २ वर्ष अगाडि