लिम्चुङबुङका दुई अपाङगता दाजु भाईले पाए नागरिकता

प्रकाशित : बुधबार, आश्विन ०७, २०७७ , मसलापाटी

मसलापाटी

लिम्चुङबुङ,७ असोज,२०७७
उदयपुरका २ अति अपाङगता दाजुभाईले जिल्ला प्रशासन कार्यलय उदयपुर बाट मंगलबार नागरिकता पाएको छ । लिम्चुङबुङ गाउँपालिका बाँसबोटे नर्थुङका जिवन राई र दोशन राईले जिल्ला प्रशासन कार्यलय उदयपुरबाट सहज रुपमा नागिरकता पाएको हो । उदयपुरकै बिकट पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाबाट नागरिकताकै लागि बाबु पूणर् बहादुर राई र आमा रन्त कुमारी राई सँग दाजु भाई सोमवार सदरमुकाम गाईघाट झरेका थिए । बाबु पूणर् बहादुर राई र आमा रत्नमाया राईको दुइ जना मात्र शन्तानको रुपमा रहेको दुवै शन्तान १० बर्ष अघि अपाङगता हुन पुग्यो । जेठा छोरा जिवन अहिले २० बर्षको भयो भने कान्छो १८ बर्षको भयो । हस्पिटलले जानकारी गराए अनुसार ति दाजु भाई प्यारालाईसिसको बिरामी रहेको बुबा पूणर् बहादुर राईले बताउनुभयो ।

प्रकाशित मिति: २०२०-०९-२३ , समय : १७:४५:२४ , ४ वर्ष अगाडि