काङ्ग्रेस त्रियुगाले गर्यो मनोनयन दर्ता

प्रकाशित : सोमबार, बैशाख १२, २०७९ , सरोज निरौला

सरोज निरौला

१२ वैशाख सोमवार।   बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरको मेयर पदका लागी नेपाली कांग्रेस बाट बसन्त बस्नेतले उमद्बारी दर्ता गरेका छन् ।  बस्नेतले सोमवार बिहान ११ बजे जुलुस सहित मुख्य निर्बाचन कार्यालय पुगरे मनोनयन गरेको हो ।त्रियुगा नगरपालिकाको लागि प्रमुखमा बसन्त बस्नेत, उप प्रमुख सरिता राइ लगायत १६ वटै वडाका अध्यक्ष सहित सम्पुर्ण सदस्य उपस्थित भै मनोनयन गरेका छन ।

नेपाली काङ्ग्रेसले १ मा मनोज चौधरी २ मा टीकाराम बुढाथोकी, ३ मा तिलक कटुवाल , ४ मा बद्री बस्नेत, ५ मा उद्दब थापा ६ मा कृष्ण बुढाथोकी , ७ मा गम्भीर दनुवार, ८ मा राज कुमार राउत,९ मा राज कुमार दनुवार १० मा प्रकाश् खड्का ११ मा सुमन्त कोइराला , १२ चुडा काफ्ले,१३ मानबिन चौधरी १४ मा गिता मगर,१५ नीर कुमार मगर र १६ मा राम बहादुर मगरले वडाध्यक्षमा मनोनयन गरेका छन्।

प्रकाशित मिति: २०२२-०४-२५ , समय : १४:१६:५३ , ३ वर्ष अगाडि