क्षणभरको सानो गल्तीले यसरी गयो ‘नेपाली सेनाका मेजर’को जाँगीर
प्रकाशित : बिहिबार, माघ ०६, २०७८ , मसलापाटी
प्रकाशित : बिहिबार, माघ ०६, २०७८ , मसलापाटी
मसलापाटी
काठमाडौँ । क्षणभरमा मति बिग्री दा नेपाली सेनाका एक मेजरले जाँगीरबाट हात धुनुपरेको छ । अत्यधिक मा दक पदा र्थ से वन गरी होटलमा गई ग्राहक र स्थानीय सर्वसाधरणलाई कु टपि ट गरेको आरोप सत्य सावित भएपछि उनले अधिकृत स्तरको सरकारी जाँगीरबाटै बिदा लिनु परेको हो ।नेपाली सेनाले उनीमाथि अनुशासन ही न काम गरेकाले का रवाही स्वरुप सेवाबाट बर खास्त गरिएको जनाएको छ । सैनिक अदालतबाट बरखा स्त र थप एक महिनाको जे ल सजा य समेत सुनाइएका मेजर सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङगेमा कार्यरत अशोक शाही हुन् ।
मा पसे गरी हति यारसहित सैनिक ब्यारेकबाट निस्किएका शाही गत कात्तिक २१ गते कैलालीको चिसापानीको होटल संगममा पुगेका थिए । जहाँ मेजर शाही र होटलसञ्चालक तथा त्यहाँ रहेका ग्राहक स्थानीय युवाहरुबीच झ ग,डा भएको थियो ।
राती ११ः०० बजे संगम होटलमा पुगेका मेजरसँग स्थानीयको लफ डापछि उनी ब्यारे क फर्किएर गेटमा ड्युटी गरिरहेका अन्य हति यारधा री सैनिकलाई समेत लिएर गएको आरोप छ । मेजर शाही व्यारेकबाट थप ब लसहित फेरि होटलमा पुगेपछि घटना थप च र्किए,को थियो ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार मेजर शाहीले सैनिक आचरण वि परित काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट ह टाउने फैसला गरेको हो । सेनाले सो घटना अनुसन्धानका लागि २५ बाहीनीकै महासेनानीको कमाण्डमा तत्काल कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो ।
सत्यतथ्य बुझ्न गठित टोलीले स्थानीय, सेनाका अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुत प्रमाण र मेजर शाहीको बयानपछि बुझाएको प्रतिबेदनमा समेत शाही दो षी देखिएको उल्लेख छ ।
प्रकाशित मिति: २०२२-०१-२० , समय : १७:५७:४५ , ३ वर्ष अगाडि