मन्त्री हिमाल कार्कीद्धरा हडिया नमुना मा.वि को भवन उद्घाटन र शिलन्यास

प्रकाशित : सोमबार, पुष १९, २०७८ , सरोज निरौला

सरोज निरौला

१९ पौष उदयपुर ।प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले उदयपुरको चौदण्डीगढी नगरपालिकामा नवनिर्मित दुई तले विद्यालय भवनको  आज उद्घाटन गरेका हुन। नमुना विद्यालय विकास कार्यक्रमको सहयोग अन्तर्गत चौदण्डीगढी नगरपालिका-९ हडिया स्थित जनता नमुना माध्यमिक विद्यालयको विद्यालय भवन उदघाटन र निर्माण सुरु गर्न लागिएको दुई तले विद्यालय भवनको सोमबार शिल्यानास गरेका हुन् ।

७५ लाख लागतमा निर्माण गरिएको दुई तले भवन साथै रु ७० लाख लागतमा निर्माण गर्न लागिएको २ तले ६ कोठे भवन पनि आजै शिल्यानास गरिएको हो ।विद्यालय भवन उद्घाटन तथा शिल्यानास कार्यक्रममा बोल्दै मन्त्री कार्गुणस्तरीयशिक्षाआजकोआवश्यक्ता रहेको बताउनु भयो ।

निजी बिद्यालयमा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई हेरविचार गरे जस्तै सामुदायीक बिद्यालयमा पढ्ने बिद्यार्थीहरुलाई हेरविचार गरे नतिजा अझ राम्रो आउने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भवन निर्माण गर्दै गर्दा बजेटको अभाव रहेमा स्थानिय सरकार र प्रदेश सरकारले सहयोग गर्ने पनि बाचा गर्नु भयो ।भवन उद्घाटन तथा शिल्यानास कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई, उपप्रमुख रिता चौधरी लगायत जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०१-०३ , समय : २१:१४:३३ , ३ वर्ष अगाडि